ताजा समाचार

१२ कक्षा पास गरेका ५० जनालाई ग्लोबल आइएमई लघुवित्तमा जागिरको अवसर

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ४५ जिल्लाका शाखा कार्यालयका लागि शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मको लागि विज्ञापन खुला गरेको छ।

संस्थाले स्नातक उत्तीर्ण गरी दुई वर्षको कार्यानुभव भएका शाखा प्रवन्धकको लागि केहि संख्यामा विज्ञापन खुला गरेको हो। त्यस्तै एक जना सुचना प्रविधि सहायक माग गरेको छ। यसको लागि कम्प्युटर विज्ञानमा प्लस टु गरि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

संस्थाले केहि संख्यामा सहायक स्तरका कर्मचारी माग गरेको छ। यसका लागि प्लस टु उत्तीर्ण गरि दुई वर्षको कार्यानुभव हुनु पर्ने। ५० जना प्सटु पास गरेको तर अनुभव नभएकाहरुका लागि प्रशिक्षार्थी सहायक पदमा रोजगारीको अवसर दिने भएको छ।

इच्छुक आवेदकले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा गरि ४० वर्ष ननाघेको र सहायकको लागि १८ वर्ष पुरागरि ३५ वर्ष ननाघेको हुनु पर्नेछ। आवेदनको लागि संस्थाको प्रधान कार्यालय लमजुङ बेसिसहर वा संस्थाको इमेल ठेगानाबाट दिन पाइनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org