ताजा समाचार

सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग

काठमाडौँ ।  संसदमा बलात्कार,हत्या तथा यौनहिंसाका आरोप लागेका तपस्वी भनिएका रामबहादुर बमजनमाथि छानबिन गरी कारबाही गर्न आवाज उठेको छ।

बिहिबार प्रतिनिधि सभाको संसद बैठकमा सत्तारूढ दलकी सांसद विमला विकले बमजनमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रालयसमक्ष माग गरेकी हुन्।

बैठकमा बोल्दै उनले भनिन्,‘हामी बौद्ध जन्मेको देशका मानिस हौं। बौद्ध धर्म मान्छौं तर तपस्वीको भेषमा बलात्कार र तीन आनीहरूलाई बेपत्ता पारेका समाचारहरू आइरहेका छन्। त्यसैले उनीमाथि छानबिन गरी कारबाही होस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org