रवि लामिछानेको डिभोर्स : सबैका ‘प्रिय’ बनेका रवि श्रीमतीकी ‘प्रिय’ किन हुन सकेनन् ? कारण यस्तो रहेछ
काठमाडौँ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएका छन् । ईशासँग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।
रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।
तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।
‘तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भइसक्यो, हाम्रो सम्बन्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ,’ रविले आफ्नो असफल वैवाहिक सम्वन्धका बारेमा आफैंले फेसबुकमा वयान गर्दै लेखेका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौं, जुन गल्तीले सारा घटनाहरु घटे ।’
रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी गरेका छन् । ‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’ रविले लेखेका छन् ।
अब वर्षौंको एक्लो जीवन र असफल सम्वन्धहरुबाट पाठ सिक्दै अघि बढ्न चाहेको उनले उल्लेख गरेका छन् ।
रविकी पूर्वपत्नी ईशाले भने चलचित्र विकास बोर्डमा कार्यरत एक डिभोर्सी महिलासँग लागेर रविले आफूलाई जबरजस्ती डिभोर्स दिएको गुनासो गरेकी छन् ।
हेर्नुस रविको फेसबुक स्टाटस
https://www.facebook.com/permalink.php?story_fbid=2222442611301232&id=100006065443699
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...