ताजा समाचार

काठमाडौं उपत्यकाको तापक्रम घट्यो, मौसम सफा

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) विहान ६ बजेको न्यनूतम ताक्रम २.२ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउसो भने काठमाडौं उपत्यकाको मौसम सफा रहने छ ।

सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको थियो भने आइतबार २.१ डिग्री सेल्सियस रहेको थियो । यसवर्ष आजसम्म सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म पुगेको थियो ।

आज दिउसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८–१९ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागका मौसम विद् सुवास रिमालले जानकारी दिए ।

अपरान्ह पछि पूर्वी तथा पश्चिमी पहाडी भेगका एकदुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको छ भने हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने विभागले जनाएको छ ।
यसअघि हिजो काठमाडौंको चन्द्रागिरीसहित केही स्थानमा हिमपात भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org