सत्याग्रहमा समर्थन बढ्दै, डा केसीको स्वास्थ्य बिग्रदै
इलाम । चिकित्सा शिक्षा सुधारसहित ६ बुँदे माग राख्दै गत बुधबारदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीको सत्याग्रहप्रति समर्थन बढ्दै गएको छ । इमालमा विभिन्न समूहले ऐक्यवद्धता जनाउँदै नारा, जुलुससंगै प्रदर्शन गरेका छन् ।
बिहीबार महिलाहरुले ऐक्यवद्धता जनाउँदै जुलुस निकालेका थिए । अन्य क्षेत्रबाट पनि समर्थन बढ्दो छ । सामाजिक संजालमा पनि डा केसीको समर्थन गर्दै सरकारप्रति आक्रोश पोखिएको छ ।
१५ औं चरणसम्म पनि विभिन्न दल तथा नेताहरुको नेतृत्वको सरकारले आश्वासन दिएर अनसन फिर्ता गराए पनि सम्झौता पालना गरेनन् । यसअघि गत साउनमा पनि केपी शर्मा ओली नेतृत्वको सरकारले माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाए पनि धोका दियो ।
बुधबारदेखि अनसनरत डा केसीको स्वास्थ्य तेस्रो दिन शुक्रबार नै बिग्रदै गएको छ । उनको स्वास्थ्य बिहीबार रातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ ।
शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।
चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने बताएका छन् ।
ज्यानको पर्वाह नगरी चिकित्सा शिक्षामा सर्वसुलभता खोजेका डा केसीले सुगरको परीक्षण गर्न भने मानेका छैनन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले भने डा केसीका ९५ प्रतिशत माग पूरा भएको भन्दै अब अनसन हैन खुसियाली मनाउने बेला आएको बताएको छ । केसीका ९५ प्रतिशत भन्दा बढी माग सम्बोधन भइसकेकाले उनको अनशनको औचित्य नभएको सरकारले जिकिर गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा डा केसीले उठाएका माग सम्बोधन गरिसकिएको बताएका हुन् ।
‘डा केसीले उठाएका ९५ प्रतिशतभन्दा बढी माग सम्बोधन भइसकेका छन, यसकारण अनशन होइन, उत्सव मनाउनु पर्ने हो,’ प्रवक्ता बाँस्कोटाले भने, ‘तर, कताकता बैठक राखेर नयाँ नयाँ कुरा ल्याउनुभएको छ, त्यसबारे हामीलाई जानकारी छैन ।’
एउटा नागरिकका मागप्रति पन्छिने काम गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । केही राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्रीको गिरेको साख जोगाउन पनि तत्काल इलाम गएर डा केसीका माग सम्वोधन गर्न राजी हुनुपर्नेमा जोडसमेत दिएका छन् ।
Comments
अरु समाचार
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...