डोटीमा आगलागी, तीन पसल जलेर नष्ट
डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यराति एकाएक आगलागी भयो, हामीले पसल जोगाउन पूर्ण प्रयास गर्दा पनि सकेनाँै ।”
विद्युत्लाइन सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको तथा प्रहरीले अहिले उक्त ठाउँमा मुचुल्का बनाइरहेको र आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरिरहेको प्रवक्ता धामीले जानकारी दिनुभयो । नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीपछि अहिले जिल्ला सदरमुकाम सिलगढीको विद्युत्लाइन काटिएका कारण सिलगढी गए रातिदेखि विद्युत्विहीन भएको छ ।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...