इलाममा अनशनरत डा केसीको अवस्था गम्भीर
इलाम। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहित डाक्टरहरुको टोली इलाम पुगेर अनशनरत डा.गोविन्द केसीको उपचारमा जुटेको छ। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोली इलाम आएको छ। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा आज साँझ इलाम आइपुगेको टोलिले डा केसीको स्वास्थ्य परीक्षण गरेको छ।
परीक्षणपछि पत्रकारलाई जानकारी गराउँदै डा. बिकास शाहले डाक्टर केसीको अवस्था गम्भिर बनेकोले उहाँको ज्यान एकदमै खतरामा रहेको बताए । उहाँलाई कुनैपनि समयमा जेपनि हुनसक्ने भन्दै उहाको मुटु, घाँटी, पेट, टाउको लगायत सबैमा समस्या देखिएको र अवस्था एकदमै गम्भिर बनिसकेको डाक्टर बिकास शाहले जानकारी दिए।
सत्याग्रहमा बस्नु भएका प्राध्यापक डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि इमरजेन्सिका लागि आवश्यक सम्पूर्ण सामानहरु ल्याएपनि त्यो केही समयका लागि मात्र हुने हुँदा डाक्टर केसीलाई तत्काल सुबिधासम्पन्न अस्पतालमा लगि सिसियू तथा आइसियूमा उपचार गराउनुपर्ने सुझाव डाक्टर शाहको सुझाव छ।
इलाममा ८ दिनदेखि सरकारसग बिभिन्न माग राखि अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेसगै उनलाई इलाम अस्पतालमा लगेर उपचार सुरु गरे पनि भ्याटिलेटर लगायत अति आवश्यक उपकरण इलाम अस्पतालमा नभएकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोली इलाम पुगेर उपचार थालेको हो। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलाम पुगेको हो । चिकित्सक टोलीले पुगे लगत्तै डा केसीको उपचारमा खटिएको छ।
सो टोलीमा डा. बिकास सहित कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारी लगायत ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्स तथा पोर्टेवल भेन्टिलेटर, इसिजी, एडीवी मेसिन, पल्सअक्सिमेट्री, आकस्मिक उपचारमा चाहिने औषधिलगायतका सामाग्रीसहित समेत लिएर आएको बताइएको छ। उहाको अवस्था निक्कै कमजोर देखिएको छ। हामी मुटु लगायत थप परिक्षण गर्दैछौ।
सरकारले सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पेश नगरेर, नेपाली जनतालाई धोका दिएको भन्दै डा केसी अनशन बस्दै आएका छन् । उनको मागलाई बिभिन्न ठाउँबाट समर्थन आइरहेको छ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख २२ गते शनिवार
मेष व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आजको राशिफलः २०८१ वैशाख २१ गते शुक्रवार
मेष: नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...