ताजा समाचार

प्रचण्डद्वारा श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन् ।

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा।डा। श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन् । अध्यक्ष प्रचण्डले प्रा.डा. श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

चिसोका कारण निमोनिया भएपछि प्रा.डा. श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । अध्यक्ष प्रचण्डले प्र.डा. श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org