चट्याङबाट सिसी क्यामेरामा क्षति
डोटी ।
चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।
जिल्लामा रहेका अधिकांश कार्यालय तथा व्यक्तिका घरमा जडान गरिएका इण्टरनेट सञ्चालन गर्ने राउटर, फोन, टेलिभिजन लगायतसामाग्रीमा समेत क्षति पुगेको छ । राउटर बिग्रेपछि अहिले सदरमुकाममा इण्टरनेट सेवा बन्द भएको छ ।
टेम्पो नियन्त्रणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताए । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए ।
सो टेम्पो सात दिन भित्रमा कैलाली पठाउनु भन्ने क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाको निर्देशनपछि नियन्त्रणमा लिएर पठाउने तयारी भईरहेको प्रमुख धामीले जानकारी दिए । पहाडी क्षेत्रमा सो टेम्पो सञ्चालनको अनुमती नभएकाले टेम्पो सञ्चालकले ट्रकमा लोडगरी दिपायल ल्याएर चलाउदै आएका थिए ।
Comments
अरु समाचार
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...