ताजा समाचार

चट्याङ लागेर १७ जना घाइते, ८ जनाको अवस्था गम्भिर

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा चट्याङ लागेर एकै गाउँका १७ जना घाइते भएका छन् । नगरपालिकाको ७ पुल्लेतोलाको काटियाँमा एकै पटक तीनवटा घरमा परेको चट्यांगले १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

चट्यांग लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाक पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर रहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org