नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो
बर्दिवास ।
पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको गुनासो बढेको छ । “रातु नदीमा बाढी आउँदा हाम्रो खेत घर बढार्छ, हामीले चम्को लगाउन ढुङ्गा खोज्दा कानून देखाइन्छ”, बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता निल लुम्रेले भने, “यी अजङ्गका खाल्डा बनाएर ठाउँ नै कुरुप बनाउनेलाई चैँ कानून रहेनछ ?” नदीबगर क्षेत्रमा बग्रेल्ती क्रसर खुल्दै जानु र यिनको अनियन्त्रित दोहन बढ्दा पनि अनुगमन नहुनु र नियन्त्रण नगरिनुले हाम्रै प्रतिनिधि र प्रहरी प्रशासनको संरक्षण पाएका त हैनन् भन्ने आशङ्का बढाएको लुम्रेको थप भनाइ छ ।
पछिल्ला दिनमा यस्ता गुनासा बढेसँगै थालिएको अनुगमनकै क्रममा बर्दिवास नगरपालिकाको कार्यालयले भने स्थानीयतहको निर्वाचन सम्पन्न भएर काम समालिएयता कसैलाइ क्रसर सञ्चालनको सिफारिश वा अनुमति नदिएको स्पष्ट पारेको छ ।
बर्दिवास नगरपालिकाले यस्तो जनाए पनि यो नगरक्षेत्रमा ५० को हाराहारीमा क्रसर उद्योग सञ्चालनमा देखिएका बर्दिवास–१४ का सामाजिक कार्यकर्ता शङ्कर फुयाँल बताउँछन् । “नगर कार्यपालिकाको कार्यालयले सिफारिश वा अनुमति दिएका छैनौँ भनेर धर पाउँछ ?” फुयाँलले प्रश्न गर्दै भने, “नियमन गर्नु प¥यो नि… नियमसङ्गत सञ्चालनमा नरहेकालाई कानूनी दायरामा ल्याउने पहलकदमी त नगरपालिकाले लिन पर्छ ।”
यसैबीच महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा नदीजन्य वस्तुको दोहन बढेको गुनासो बढी रहेकैबीच प्रशासनिक निकाय र जनप्रतिनिधिमूलक संस्थाबाट स्थलगत निरीक्षण भएको छ ।
जिल्ला समन्वय समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी र इञ्जिनीयर एवं नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखले बुधबार बर्दिवास नगरपालिकामा सञ्चालित क्रसर उद्योगले गरेका अनियन्त्रित उत्खननको स्थलगत निरीक्षण गरेका हुन् ।
“नदीजन्य वस्तु (बालुवा,ढुङ्गा) को अनियन्त्रित उत्खनन बढ्यो, जताततै ठूल्ठूला खाल्डा बनाएर प्राकृतिक सम्पदाको दोहन बढे पनि रोकथामका प्रयत्न भएनन् भन्ने गुनासा बढे” जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले सञ्चारकर्मीसँग आज बिहान भने, “यस्तो गुनासो बढेपछि त्यसको स्थलगत अवस्था हेर्न हामीले पहिलो चरणको अनुगमन गरेका छौँ ।” प्रथम चरणमा बर्दिवास नगरपालिका क्षेत्रको केही ठाउँ हेर्दा कडाइका साथ नियमनको आवश्यकता देखिएको संयोजक सिंहको भनाइ छ ।
नदीजन्य सम्पदाको उत्खनन गर्ने, त्यसको उपयोग नीति बनाउने र उत्खनन इजाजत दिने काम वातावरणीय असर अध्ययन प्रतिवेदनका आधारमा सम्बन्धित स्थानीयतहले गर्नसक्ने र यसको अनुगमन जिल्ला समन्वय समितिका संयोजक नेतृत्वको स्थानीय विकास अधिकारी, जिल्लास्थित प्रहरी÷प्रशासनका प्रमुखसहित रहने जिल्ला अनुगमन समिति गर्ने अहिले कानूनी व्यवस्था रहेको छ ।
यता छिमेकको भङगाहा नगरपालिकाको वडा नम्बर–४ का वडाध्यक्ष अशोककुमार महतोले भने कानूनी प्रक्रिया पु¥याएका १३ वटा क्रसरलाई सिफारिश दिइएको बताए ।
जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिकासहित तीन स्थानीयतहभित्र अहिले १०० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा देखिएका छन् । नदीबगर क्षेत्र र नदीउकास क्षेत्रमा यिनले बनाएका ठूलठूला खाल्डामा वर्षामा पानी भरिँदा वर्षेनी खेल्न निस्केका नानीहरु डुबेर मर्ने गरेका छन् । पछिल्ला तीन वर्षयता यस्ता खाल्डामा डुबेर बर्दिवास नगरक्षेत्रभित्रै तीनको मृत्यु भइसकेको छ ।
Comments
अरु समाचार
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...