ताजा समाचार

पूर्व-पश्चिम महेन्द्र राजमार्ग नै व्यक्तिको नाममा पास !

रौतहट । ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ ।

पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको छ ।

राजमार्गसँग जोडिएको जमिनको राजस्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाईकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org