ताजा समाचार

पत्याउनुहुन्छ ? खच्चडले ओसारेको सामान गाडीमा लोड गरेर ढुवानी !

काठमाडाैं । सेता बोरा । सडक मै अलपत्र छाडिएका जस्ता देखिन्छन् । केहि मानिसहरु बोरा बोक्दै गाडीमा हालेको देखिन्छ । यो हेर्दा सामान्य कुरा लाग्छ । तर, यो फोटो भित्र ठूलो रहस्य लुकेको छ ।

यो दृष्यले एकछिन मान्छेलाई केहि होइन जस्तो लाग्न सक्छ तर, यहाँ जुम्लाको लालीघाटमा खच्चडबाट ढुवानीगरी खुल्ला स्थानमा राखिइएको चामल ट्रकबाट कालिकोटको नरहरिनाथ गाउँपालिका तर्फ लग्नलाई गाडीमा ढुवानी गर्न लागिएको छ ।

यातायातको साधनको नाम फ्याट्ट भन्न पर्दा गाडी कै नाम आउला तर, यो विकट स्थानमा भने खच्चडको नाम पहिले आउने गर्छ ।

खच्चडले ओसारेर बाटोला राखेको चामल मजदुरहरु गाडीमा लोड गर्दैछन् । यस्तो हृदयविदारक कुराले सरकारको ध्यान तान्छ की ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org