ताजा समाचार

शरीरको ट्याटुले तपाईंको यौन जीवनमा समस्या आउन सक्छ !

पछिल्लो पुस्तामाझ ट्याटु खोप्ने चलन बढेको छ । अनुुसन्धानका अनुसार जो व्यक्ति ट्याटु बनाउँछन् उनीहरुले अत्यधिक मानसिक तनाव झेलिरहेका हुन्छन् । यतिमात्र होइन, उनीहरु राती राम्रोसँग सुत्नसमेत पाइरहेका हुँदैनन् ।

शरिरमा ट्याटु बनाउने व्यक्तिहरु निकै जोखिम लिने किसिमका हुन्छन् । उनीहरु धुम्रपान, मद्यपानका आदी हुन्छन् भने जेल जान पनि हिच्किचाउँदैनन् ।

यो अनुसन्धान एक पोलमार्फत गरिएको थियो जसमा १८ देखि २९ वर्षका दुई हजार मानिसलाई समावेश गरिएको थियो । यीमध्ये ४० प्रतिशतले ट्याटु बनाएका थिए ।

साथै, यीमध्ये ५० प्रतिशतले दुईदेखि पाँचवटा ट्याटु बनाएका थिए भने १८ प्रतिशतले ६ वटाभन्दा बढी ट्याटु बढाएका थिए ।

अनुसन्धानमा ट्याटु बनाउने व्यक्तिका एकभन्दा बढी यौन साथी पनि हुने पाइएको छ ।

यतिमात्र होइन, अनुसन्धानमा यस्ता व्यक्तिलाई यौनसाथी फेरिरहन कुनै समस्या नभएको पनि बताइयो । उनीहरु जोखिममा रहन रुचाउँछन् र असुरक्षित यौनसम्पर्क समेत गर्छन् ।

फ्लोरिडाको मियामी युनिभर्सिटीका अनुसन्धानकर्ताले यो शोध तयार पारेका हुन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org