ताजा समाचार

घुससहित नायव सुब्बा र विचौलिया पक्राउ

काठमाठौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका नायव सुब्बालाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुमिसुधार तथा मालपोत कार्यालय ललितपुरका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्य रहेका छन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस ६ हजार घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौंमा पेश गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org