ताजा समाचार

प्रहरीले २० भन्दा चिकित्सकलाई प्रहरीले पक्राउ गर्‍यो

काठमाडौं ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा धर्नामा बसेका चिकित्सकहरुमाथि प्रहरीले लाठीचार्ज गरिएको छ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाउँदैं धर्नामा बसेका चिकित्सकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा। दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरिएको हो । उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org