ताजा समाचार

ओली-प्रचण्डको वाकयुद्धमा रक्षामन्त्रीको ‘बेमाैसमी राग’, पोखरेलमाथि लगाम कस्न दुबै अध्यक्ष तयार !

काठमाडाैं । उपप्रधान तथा रक्षामन्त्री ईश्रर पोखरेलले विभिन्न समयमा दिने गरेका अभिव्यक्तिले नेकपामा नयाँ तरङ्ग पैदा गर्ने गरेको पाइन्छ ।

केहि दिन पहिले भेनेजुएला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच चलेको जुहारीको बीचमा टुप्लुक्क बखेडा झिक्न आइपुगे रक्षामन्त्री पोखरेल ।

पार्टी एकताको विपक्षमा देखिएका पोखरेलले प्रधानमन्त्री ओलीलाई विभिन्न धम्की दिदै आफूलाई पार्टी महासचिव बनाउन दवाव दिएपनि उनी त्यो सुचिमा पर्न सकेनन् । अन्ततः नवाैं वरियतामा रहेका विष्णु पाैडेलले महासचिव पाएपछि छटपटीमा रहेका पोखरेलले त्यस लगत्तै बन्ने सरकारमा आफ्नो गतिलो पोजिसन खोज्न थाले।

पोखरेल निकट नेताका अनुसार उनी अर्थमन्त्री बन्न चाहन्थे । अर्थ मन्त्रालयका केहि कर्मचारी बोलाएर उनले छलफल समेत गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफू अर्थमन्त्री बन्नु पर्ने अडान राख्दै अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई अर्थराज्यमन्त्री बनाएर जाने सोच बनाएकै कारण खतिवडालाई राष्ट्रिय सभामा ल्याउन तर्फ लागे ।

अन्ततः प्रधानमन्त्रीले यी सबै चलखेल बुझेपछि खतिवडालाई नै अर्थमन्त्री बनाए । झोकको पारो तातेपछि पार्टी एकता र समग्र प्रक्रियामाथि नै खनिन थालेका उनलाई सम्हाल्ने अस्त्र भनेको मन्त्री बनाउनु नै थियो । फलतः रक्षामन्त्री बने।

रक्षा सम्हालेदेखि नै वेलेवेला विवादीत तर्क दिदै आएका पोखरेलबाट आजित बनेका प्रचण्डले प्रधानमन्त्रीकासामू यसरी विवादीत बनाउने खालका अभिव्यक्ति दिने कार्यमाथि कदम चाल्न आग्रह गरेपछि ओलीले सोहि बुझाई आफूमा समेत रहेको भन्दै सहमतिको बिन्दुमा पुग्ने गरि काम थालेका हुन् ।

प्रचण्ड-ओलीको भेटघाटमा दुरि कसरी घटाउने भन्नेबारे छलफल हुँदा समेत विभिन्न टिकाटिप्पणी गरेर बसेका पोखरेललाई भने दुबै अध्यक्षद्वयले निगरानीमा राखेर आगामी काम गर्न भद्र सहमति गरेको स्रोतको दावी छ ।

स्रोतका अनुसार पोखरेल लगाम विनाका घोडाजस्ता बन्न खोजे पार्टीमा कुनै न कुनै डण्डा चलाउन मिल्ने गरि भद्र सहमति भएपछि प्रचण्ड-ओलीको वार्ता निष्कर्षमा पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org