यी हुन गर्भावस्थाका मुख्य लक्षणहरु, तपाइले यी गल्ति त गरिराख्नु भएको त छैन ?
गर्भावस्थाका मुख्य लक्षणहरु
समयमा महिनावारी नहुने
थकाइ लाग्ने वा जिउ गल्ने
शरीरमा ज्वरो आएजस्तो लाग्ने
कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने
बारम्बार पिसाव लाग्ने
स्तन गानिएर आउने, ठूलो हुने
ढाड (तल्लो भाग ) दुख्ने
गर्भ रहेपछि हल्का रक्तश्राव हुने
टाउको दुख्ने
दिक्क लाग्ने वा तनाव हुने
बिहान उठ्ने बित्तिकै बिरामी हुने
गर्भावस्थाका शारीरिक परिवर्तनहरु
पहिलो १२ हप्ता
खाना अमन हुने,
वाकवाकी लाग्ने,
स्तन दुख्ने तथा भारी हुने
१३– २८ हप्ता
वाकवाकी लाग्न हराउने
छालाको रङ परिवर्तन हुने
मुखमा चायाँ, पोतो आउने
पेट बढेको देखिने
पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने
पहिलो पटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन्।
२८ देखि ४० हप्ता
पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने
बढ्दै गरेको पाठेघरले पिसावको शैली थिच्ने हुनाले पटकपटक पिसाव लाग्ने
ढाड दुख्ने
आठौं महिनामा घरिघरि पाठेघर खुम्चिने र पेट दुख्ने
नवौं महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दवाव दिने कारणले सास फेर्न गाह्रो हुने र थोरै खाना खादाँ पनि पेट भरिएर अप्ठ्यारो हुने
गर्भावस्थाका असाधारण लक्षणहरु
ज्वरो आउने
योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने
पिसाव पोल्ने, पिसाव फेर्न गाह्रो हुने
पखाला लाग्ने, निरन्तर वान्ता हुने
पोट दुख्ने
टाउको दुख्ने, आँखा धमिलो हुने, रक्तचाप १३०÷९० भन्दा माथि हुने
अत्याधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने, खुट्टा अत्याधिक सुन्निने
हत्केला र शरीर चिलाउने
प्रसुतिपूर्व अपनाउनुपर्ने कुराहरु
सफा रहने र सधै नुहाउने
पौष्टिक खाना खाने
हलुका, खुकुलो र आरामदायी कपडा लगाउने
ठूलो हिल भएको जुत्ताचप्पल नलगाउने
तनावयुक्त काम नगर्ने
आराम गर्ने
चिल्लो, पिरो,अमिलो आदि नखाने
९ महिना लागेपछि दिनको १० घण्टासम्म आराम गर्ने
राति ८ घण्टा सुत्ने तथा दिनमा २ घण्टा बायाँ कोल्टे परेर पल्टिने
कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने, हरियो सागसब्जी खाने र दुध पिउने
जाँड, रक्सी तथा चुरोट नपिउने
विशेषगरी पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने
मोटरसाइकल÷स्कुटर नचलाउने
शारीरिक सम्र्पक नराख्ने
चिकित्सकको सल्लाहविना जथाभावी औषधिहरु नखाने÷ प्रयोग नगर्ने
टिटानस सुई लगाउन
गर्भावस्थामा प्रोटिन,आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सख्खरखण्ड, हरियो ताजा सागपात,भटमास,गेडागुडी, जागर, ब्रोकाउली,काउली तरकारी खानुपर्छ ।
Comments
अरु समाचार
-
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
चितवनमा डेङ्गीको सङ्क्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय...
-
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय...
-
बाँकेमा अज्ञात रोगको संक्रमणबाट चारको मृत्यु
काठमाडौं । बाँकेको नरैनापुरमा अज्ञात रोगको संक्रमणबाट चारजनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको...
-
भ्रष्टाचारमा पल्केका बीपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानुनको उल्लंघन
काठमाडौँ (सजीव कालाखेती)। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी अनियमितता र भ्रष्टाचारको पर्याय बनेका छन् । मातृशिशु भवन...
-
मर्स्याङ्दीमा बस खस्दा मृत्यु हुनेमा सबै भारतीय पर्यटक, सङ्ख्या २७ पुग्यो
मर्स्याङ्दीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७, सबै भारतीय पर्यटक काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा हिजो भएको बस दुर्घटनामा...
-
थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य...