सुरक्षित गर्भपतन सेवा लिने बढ्दै
चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।
आव २०७५/०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन् । जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ ।
विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताए । हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ ।
सवारीसाधन सञ्चालनमा समस्या
जिल्लाका ग्रामीण क्षेत्रमा परेको लगातारको वर्षाले गाउँका कच्ची सडकमा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । वर्षात्ले सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुन थालेको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायलका कार्यालय प्रमुख हर्क महराले जानकारी दिए । जिल्लाको वाइल, बोगटान, मौवा–मेल्लेक, बुडर–जोरायल, मुडभारा, नारीदाङलगायतका सडकमा सवारीसाधन चलाउन निकै समस्या हुने गरेको जिप चालक मदन कामीले बताए ।
केही दिन यतादेखि जिल्लाभरिमा फेरि वर्षा भएपछि गाउँका सडक अवरुद्ध हुन थालेका छन् । वर्षात्ले गाउँका सडक हिलाम्मे तथा चिप्लो भएका कारण गाउँमा गाडी जान बन्द हुन थालेपछि यहाँका स्थानीयलाई जिल्ला सदरमुकाम आवतजावत गर्नमा समस्या हुन थालेको बोगटान गाउँपालिका–२ का बासिन्दा महेन्द्र बमले बताए ।
Comments
अरु समाचार
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
आजको राशिफल: २०८१ जेठ ६ गते आइतवार
मेष वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।...