ताजा समाचार

मन्दिरको जग्गामा खेल मैदान

दार्चुला । मार्मा गाउपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गामा खेलकुद सचांलनका लागी खेल मैदान निर्माणको काम भइरहेको छ । मार्मा गाउपालिकाको ४ लाख ५० हजार बजेटमा खेलमैदान निर्माणको काम भइरहेको हो ।

मार्मा गाउपालिकाले ऐतिहासिक पौराणिक गाथा बोकेको लटीनाथ देउताको पुण्यभुमी मिचेर मनपरी ढङ्गले धार्मीक मान्यता विपरीत खेलमैदान निर्माण भइरहेको भन्दै स्थानीयले बिरोध जनाएका छन् । स्थानियले बिरोध गरेपनि निर्माण कार्य भने रोकिएको छैन् ।

खेल मैदानको लागी मार्मा गाउपालिका वडा नम्बर ४ तपोवनमा खुल्ला मैदान हुदाहुदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण गर्नु गलत भएको भन्दै आफुहरुले बिरोध गरेको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिए ।

डोजर लगाएर मन्दिरको जग्गामा रहेका रुखहरु उखेल्ने काम भएको हुदा बिरोध गरीएको उनले बताए । लटीनाथका ब्यापारीहरुको ब्यक्तिगत स्वार्थको लागी मन्दिर परिसर मिचेर १० लाख बजेटमा खेलकुद सचांलनका लागी खेल मैदान निर्माण भईरहेको उनको आरोप छ ।

गाउँपालिकाले भने लटिनाथ मन्दिर ब्यवस्थापन समितिको माग अनुसार नै खेलमैदान निर्माण भइरहेको जनाएको छ । मन्दिर ब्यवस्थापन समितिले नै खेलमैदान निर्माण गर्ने माग गरेपछि ब्यवस्थापन समिति अध्यक्ष करबिर सिह बिष्टको नेतृत्वमा खेलमैदान निर्माण भइरहेको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिए ।

गाउँपालिकाले मन्दिरको सम्पत्ती मिच्ने, भत्काउने नभइ संरक्षण गर्ने उदेश्य राखेर बजेट बिनियोजन गरेको अध्यक्ष धामीको भनाइ छ । मन्दिर क्षेत्र संरक्षण अन्तरगत तारजाली लगाउन गाउँपालिकाबाट थप १५ लाख रुपैया बजेट बिनियोजन गरीएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org