ताजा समाचार

नेपालद्वारा युएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्पकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जित निकालेको छ । युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पुरा ग¥यो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाउँदा नेपालले १०।२ ओभरमा लक्ष्य भेटाएको हो । काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् । अप्सरी बेगमले खाता खोल्न सकिनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा अल आउट हुँदै ४१ रन बनाएको थियो । नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org