तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन
तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भने ।
“तुलसीपुर उपमहानगरपालिकासँग विद्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पु¥याउन लाग्नेछौँ”, उनले भने ।
अर्को फरक प्रसङ्गमा प्रदेश नंं ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री पुनले “बाँके, बर्दियालगायत जिल्लाले पनि कुरा उठाएका छन्, राजधानीका लागि प्रदेशसभाले सबै स्थानीय तहको निकटताको हिसाबले स्थायी राजधानी तोक्ने”, उनले भने ।
उपमहानगरका वडा शोकमा बन्द हुने
पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं वडा कार्यालय आज एक दिन बन्द गर्नाका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्नका लागि निर्देशन पनि दिइएको छ ।
दुर्घटनामा पर्नुभएका सांसद ओलीको उपचारका क्रममा आज बिहान १ बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...