ताजा समाचार

मानविय क्षति हुने गरि एनसेल टावरमा बम प्रहार गर्ने को ? विप्लवको पार्टी या अरु कोहि ? हेर्नुहोस् तथ्य !

काठमाडाैं । एनसेल टावरमा धमाधम बम बिस्फोट भएपछि एकाएक फैलिएको सन्त्रास अझै सेलाउन सकेको छैन् ।

राजधानीको व्यस्त ठाउँमा समेत बम फेला परेपछि सर्वसाधारणमा डर फैलिनु कुनै नाैलो कुरा थिएन नै । यसैमा बम बिस्फोटनमा परेर एक जना भुपू सिंगापुरे प्रहरीले ज्यानै गुमाइसकेका छन् । अन्य तीन जना गम्भीर घाइते बनेका छन् ।

दुई तिहाईको कम्युनिष्ट सरकार बनेको र देशमा शान्ति सुरक्षा कडा पारिएको भन्ने गृहमन्त्रालयको दावीलाई हावा खुवाउने गरि भएको घटनाले डर फैलिनु सामान्य नै थियो । तर, घटनाको जिम्मा न कुनै सशस्त्र पार्टीले लियो न कुनै अन्यले नै ।

प्रहरीले शंकाको घेरामा राखेर पक्राउ गरेका सुरक्षा गार्ड र केहि विप्लवका नेता कार्यकर्ताहरुले अपराध स्विकार गरिसकेका छैनन् । तर, सामाजिक संजाल तथा अन्य स्थानमा केहि पर्चा भेटिए जसले घटना गराउने शक्तिलाई प्रष्ठ संकेत भने गरेको छ ।

वैज्ञानिक समाजवादको नारा दिएर क्रान्ति गर्छु भन्दै होमिएको विप्लवको पार्टीले बम पड्काएको आशंका चारैतिर गरिएको छ । प्रहरीको शंका समेत उतै देखिन्छ । र यो घटना समेत सोहि पार्टीले गराएको केहि तथ्यहरु भने यस्ता छन् ।

विप्लवको पत्रकार संगठनमा अहिले ठुलो विवाद छ । प्रकाश डुम्रेको समुह र जन्मदेव जैसीको समुहबीच चलेको विवादले उनीहरु पार्टीका केहि गोप्य दस्तावेजहरु होडबाजीका रुपमा बाहिर ल्याउछन् । यस्तै, संचार केन्द्र नामको अनलाइन संचार माध्यमले बम बिस्पोटनबारे केहि घटना सार्वजनिक गर्यो जसले विप्लवको पार्टीको संलग्नता छ भन्ने  छनक देखिन्छ ।

उक्त अनलाइन संचार माध्यमले छापेको समाचारका अनुसार पर्चा भेटिएको लगायतका अन्य कुराहरु नजिकैबाट घटनालाई नियाली रहेको देखिन्छ । ‘एकै रातमा कसले गर्यो कर नतिर्ने एनसेलका २ दर्जन टावर ध्वस्त ? भेटियो यस्तो प्रमाण’ शिर्षकमा समाचार बनाएर करछलि गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएको भन्दै दुई दर्जन टावर ध्वस्त पारिएका छन भन्दै समाचार बनाएको छ ।

यो समाचार उक्त संचार माध्यमले एनसेलमाथि आक्रोसात्मक ढंगले बनाइएको देखिन्छ । अर्बाैंको कर छलि गरेको भन्दै समाचारमा प्रयोग गरिएको शब्दले नै पार्टीको संलग्नता तर्फ केन्द्रित गर्छ ।

प्रहरीका एक पूर्वअधिकारी भन्छन्, विप्लव पार्टीले नै गराएको हो यो घटना । अनुसन्धानले कसरी कुन बाटो लिन्छ त्यो पनि एउटा पाटो छ तर, प्रारम्भिक कुराहरु हेर्दा र उनीहरुका मिडिया कार्यकर्ताहरुको चाल देख्दा अरु कसैले गराएको होइन यो घटना । सरकारको शन्ति सुरक्षा व्यवस्थाप्रति गम्भिर चासो र शंका उत्पन्न हुने गरि भएको यो घटनाले समाजलाई कता लैजान्छ भन्ने कुरा विश्लेषण गरेर अगाडि बढ्नुको विकल्प छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org