ताजा समाचार

नेपालद्वारा हङकङ ४ विकेटले पराजित

काठमाडौं ।

आइसीसी टी—ट्वन्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । नेरी थापाले बलिङतर्फ उत्कृष्ठ प्रदर्शन गर्दै ६ विकेट लिएपछि नेपालले हङकङमाथि ६ विकेटको सहज जित निकालेको हो ।

नेपालले खराब सुरुवात गरेको थियो । जम्मा ५ रन जोड्दा काजल श्रेष्ठलाई गुमाएको नेपालले ७ रन बनाउँदा सीता राना मगरलाई शून्य रनमा गुमाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org