ताजा समाचार

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

हेटौंडा । गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

आज बिहानै सूचना थाहा नपाई त्यसतर्फ गएका सवारीसाधनहरु बीच सडकमै रोकिनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

मौसममा सुधार आउने बित्तिकै नुनसहितको प्राविधिक टोली खटाई सडक सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org