वन्यजन्तुबाट जोगाउन रातभरि शव कुर्नु पर्ने
ताप्लेजुङ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भयो । त्यही दिन सबै शव सुकेटार विमानस्थल ल्याउन सकिएन । रातभरि रुँघेर राखेको तीनवटा शव बिहीबार बिहान सुरक्षाकर्मीले दुर्घटनास्थलबाट हेलिकप्टरमा उठाइदिए ।
शव र दुईजना सेनालाई डोरीमा झुन्ड्याएर हेलिकप्टर सुकेटार विमानस्थल उडेलगत्तै हिमपात सुरु भयो । खुला आकाशमुनि हिउँमा रात कटाएको उद्धार टोलीलाई कसरी फर्कने भन्ने समस्या भयो । ‘मौसम एकैछिन खुलेको बेला शव पठाउन सफल भयौं,’ उद्धारमा खटिएका ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने, ‘लगत्तै वर्षा र हिउँ पर्न थालेकाले फर्कन समस्या भयो ।’ दुर्घटनास्थल पाथीभरा क्षेत्रको फेदीबाट करिब एक किलोमिटर दूरीमा पर्छ । कडा चट्टानी पहाड छिचोल्दै दुर्घटनास्थल पुग्न अत्यन्तै कठिन छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
अघिल्लो दिन राति कम हिउँ भएकाले स्थानीय र सुरक्षाकर्मीको टोली पहराको बीचमा धुवाँ आएको ठाउँ पहिल्याउँदै त्यहाँसम्म पुगेका थिए । चार शव उठाउन सघाएर उनीहरु फर्किए । राति सुरक्षाकर्मी मात्रै बसे । ‘तीन ठाउँमा आगो फुकेर वरिपरि बस्यौं,’ सशस्त्र प्रहरी निरीक्षक युगहाङ पतङ्वाले भने, ‘चिसोले बिरामी परिन्छ कि भन्ने डर थियो । तर कसैलाई केही भएन ।’ उनका अनुसार वन्यजन्तुबाट जोगाउन पनि शव रुँघेर बस्नैपर्ने बाध्यता थियो ।
Comments
अरु समाचार
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...