ताजा समाचार

प्रधानमन्त्रीले तयार पारे फिर्ता बोलाउने मन्त्रीको नाम, यी हुन रेड जोनमा परेका मन्त्रीहरु !

काठमाडौ । नेकपाका दुवै अध्यक्षको गोप्य वार्ताले मन्त्रीमण्डल परिवर्तन गर्न अन्तिम तयारी पुरा गरेको छ ।

सरकारका कामहरु चुस्त बनाउन र मन्त्रीहरुको क्षमतामाथी नै प्रश्न उठाउदै बहालवाला केही मन्त्रीहरुलाई विदाई गर्ने सहमती प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको हो। यद्यपी प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रीमण्डल परिवर्तनबारे निर्णय गर्न स्वतन्त्र रहेको भन्दै आफु यसबारे धेरै सक्रिय नहुने वचन दिएको स्रोतको दावी छ ।

डेन्जरजोनमा परेका केहि मन्त्रीहरु प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका खास मान्छे भएकाले पनि केही समस्या देखिएको स्रोतको दाबी छ ।खानेपानीमन्त्री बीना मगर र रक्षामन्त्री इश्वर पोखरेललाई प्रचण्ड-ओलीबीच यथावत राख्ने सहमती भएको स्रोतले जनाएको छ ।

तर, उद्योगमन्त्री मातृकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणि खनाल ‘वलदेव’ यातायातमन्त्री रघुवीर महासेठ , स्थानीय विकासमन्त्री लालबाबु पण्डित र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याललाई विदाई गरेर नयाँ मन्त्री ल्याउने सहमती भएको हो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनमा निधन भएपछी रिक्त भएको मन्त्रालयसहित फिर्ता बोलाइएका मन्त्रीहरुको स्थानमा नयाँलाई बहाली गर्न ओली-प्रचण्ड सहमत भएको स्रोतको दाबी छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रती समेत प्रचण्ड असन्तुष्ट रहेको र उनलाई समेत फिर्ता गर्न प्रचण्डले बिशेष प्रस्ताव लैजान लागेको स्रोतको दाबी छ । गृहमन्त्री बादलले पार्टीमा कुनै सल्लाह नगरेर विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रचण्ड क्रुद्ध बनेका हुन् ।

गृहप्रशासन कमजोर बन्दै गएपनी मन्त्री बादलसँग बहुमत सदस्य भएकाले प्रचण्डले उनलाई यथावत राख्ने तयारी थालेका थिए । तर, पछिल्लो समय सरकारले लगाएको प्रतिबन्धबारे विवाद बढेपछि बादल समेत डेन्जर जोनमा परेका हुन् । भने उनीहरु प्रधानमन्त्रीले सुरु गरेको मुल्याङकनमा समेत उनीहरु फेल भएका थिए ।

प्रचण्डले मण्त्रीमण्डल परिवर्तनबारे प्रधानमन्त्री ओलीसङ्ग छलफल भएको भन्दै छिट्टै परिवर्तन गर्ने तयारी थालेको संकेत दिइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org