लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं ।
काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना५ख १२०९ नंको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार महोत्तरी गौशाला नगरपालिका–७ बस्ने अन्सु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट अवैध लागुऔषध नाइट्राभेट १६५ ट्याब्लेट बरामद गरिएको छ ।
यस्तै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट झापा चन्द्रगढीका सुशान्त गुरागाईं र सिन्धुलीमाडी घर भई जडीबुटी बस्ने १९ वर्षीय रोहित मैनालीलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट अवैध लागुऔषध नाइट्राभेट ४०२ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा...
-
वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ ।...
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं । इलाममा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको...
-
सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र...
-
शिविरमा नि:शुल्क सेवा दिने चिकित्सकलाई पद्मोदय फाउन्डेसनले गर्याे सम्मान
काठमाडाैं । पद्मोदय फाउन्डेसनले स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी शिविरमा नि:शुल्क सेवा दिने चिकित्सहरूलाई सम्मान गरेका छन् । क्यान्सर रोकथाम...
-
रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् । नजिकको सामुदायिक वनबाट...
-
देशभर डढेलो र आगलागीका घटना बढे, तत्काल पानी नपर्ने
काठमाडौं। देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको...
-
आजको राशिफल: २०८१ साल वैशाख १९ गते बुधवार
मेष राशि : अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मनमा निरासा र शरीरमा आलस्य आउला ।...
-
डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
काठमाडौं । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो...