विकास निर्माणमा इमान्दार हुन निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिएका छन् । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मैनतडागाउँ पुग्नुभएका मन्त्री खत्रीले त्यहाँ कार्यरत निर्माण व्यवसायी र स्थानीय समुदायलाई निर्देशन दिएका हुन् ।
“पछिल्लो समयमा उपभाक्ता समितिका नाममा अनियमित हुन थालेका घटना बाहिर आइरहेका छन्,” मन्त्री खत्रीले भने,“यसले विकास र सामाजिक संस्कार दुवै बिग्रेको छ ।”
उनले भने, “निर्माण व्यवसायीले राज्यलाई कर तिरेर वैधानिक तरिकाले काम गरिरहेका छन् र धरौटीसमेत लिइएको हुन्छ । दायाँबायाँ गरे सरकारले धरौटी जफत गर्नुको साथै कालोसूचीमा राख्छ ।”
साविकको मैनतडा गाविसमा १७ वटा खानेपानी तथा सिँचाइका योजनाका लागि प्रदेश सरकारले रु तीन करोड २० लाख बजेट विनियोजन गरेकाले यो चालु आवमै योजना सम्पन्न गर्नसमेत उनले त्यहाँका समुदायलाई निर्देशन दिए ।
भेरी नदीस्थित भेरीगङ्गा र गुर्भाकोट नगरपालिका जोड्ने पुल निर्माण कार्यको अनुगमन गर्दै मन्त्री खत्रीले सो आयोजनाको जिम्मा लिएको आशिषचन्द्र एण्ड वसन्त जेभी निर्माण सेवालाई बेलैमा काम सम्पन्न गर्न निर्देशन दिए ।
कर्णाली प्रदेशसभाका सदस्य पद्मा खड्काले पानीको निकै ठूलो अभावग्रस्त क्षेत्र मैनतडाका जनताको आवश्यकतालाई बुझेर प्रदेश सरकारले रकम विनियोजन गरेको बताए ।
सरकारले रु एक करोड मुनिका योजना समुदायलाई निर्माण गर्न दिने नीति ल्याएकाले वर्षेनी कालापहाड जाने यहाँको जनतालाई सरकारको यो बजेटले सहयोग पुग्ने उनले विश्वास दिलाए ।
भेरीगङ्गा नगरपालिका–९ सुर्खेतस्थित रु २५ लाख बराबरको डडरेखोला सिँचाइ योजना निर्माणार्थ गठित उपभोक्ता समितिका अध्यक्ष कौशिला सार्कीले यो आवमै योजना निर्माण गर्न सकिनेमा आफू ढुक्क रहेको विश्वास दिलाए ।
मन्त्री खत्रीले भेरीगङ्गा नगरपालिका, लेकबेँसी र गुर्भाकोट नगरपालिका सडक, खानेपानी, सिँचाइ, पुल, बजार व्यवस्थापन र विभिन्न विद्यालयको भौतिक निर्माणका योजनाको अनुगमन गरेका थिए ।
Comments
अरु समाचार
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४...
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...