ताजा समाचार

दुबै सदनको हिउँदे अधिवेशन आज अन्त्य हुँदै

काठमाडौं ।

संसदको हिउँदे अधिवेशन आइतबारबाट अन्त्य हुँदैछ । संघिय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रियसभाको अधिवेशन आजै अन्त्य गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

पुस ११ देखि शुरु भएको हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिभामा २३ वटा विधेयक उत्पत्ति भएका थिए । तीमध्ये १३ विधेयक पारित भई प्रमाणीकरण भइसकेका छन् ।

त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएका सात विधेयकमध्ये तीन वटा विधेयक प्रमाणीकरण समेत भइसकेको छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक र राष्ट्रिय सभामा दर्ता भएका ४ विधेयक पारित हुन बाँकी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org