ताजा समाचार

डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा रिहा

काठमाडौं ।

जिल्ला अदालत कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

निर्मला हत्या प्रकरणमा मुछिएका विष्टलाई साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

२०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org