ताजा समाचार

आइएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौं ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा विस्तार गरेको छ । शनिबार औपचारिक रुपमा दाङको घोराहीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे ।

आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा पनि शाखाको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्त रुपमा गरे ।

दुवै उद्घाटन समारोहमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रिय समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायका व्यक्तिहरुको सभागिता थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org