ताजा समाचार

नेपाल-जापानबीच सम्झाैता आज, यी मापदण्ड पुरा गरेका व्यक्ति योग्य

काठमाडाैं । नेपाल र जापानबीच आज (सोमबार) कामदार लैजानेबारे सम्झाैतापत्रमा हस्ताक्षर हुँदैछ ।

नेपाली कामदार लैजान जापान सहमत भएपछि यस विषयमा नेपाल-जापानबीच काठमाडौंमा समझदारी हुने भएको हो। सम्झाैतामा निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदूतले समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।

दुई देशबीच सहकार्य गर्ने समझदारी(एमओसी)पछि जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजानेछ। दुई देशबीच सोमबार अपराह्न १२ बजे होटल हिमालय, कुपन्डोलमा एक कार्यक्रमबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जापान जानका लागि जापानी भाषा प्रवीनता परीक्षण (जेएलपीटी) को चाैथो तह पास गरेका व्यक्ति जापान जानका लागि योग्य हुनेछन् ।

आउने अप्रिल १ देखि जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार लाने निर्णय गरेको छ । कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org