बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण
अमेरिका ।
इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ ।
यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् ।
अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार यात्रुरहीत उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।
उक्त विमान स्थानीय समयअनुसार मङ्गलबार अपराह्न २.४७ बजे ओल्र्यान्डो विमानस्थलबाट उडेको र इन्जिनमा समस्या आएपछि अपराह्न २.५८ बजे फर्किएर ओल्र्यान्डो विमानस्थलमै अवतरण गरेको थियो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ ।
यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरुले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताए ।
बोइङ ७३७ म्याक्स मोडेलका विमानको सुरक्षाका विषयमा शङ्का उत्पन्न भइरहेकै समयमा इन्जिनमा समस्या आएर आकस्मिक अवतरण गरेपछि पुनः सर्वत्र चिन्ता व्यक्त भएको छ ।
बोइङले आफ्ना विमानहरु उडानका लागि सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरिरहेकै समयमा यो घटना भएको छ ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...