ताजा समाचार

विश्वभरका लगानीकर्तालाई अर्थमन्त्रीको यस्तो आग्रह

काठमाडौं ।

ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्री युवराज खतिवडाले विश्वभरका लगानीकर्तालाई आह्वान गरेका छन् ।

शुक्रबारबाट राजधानीमा सुरु भएको सम्मेलनको पहिलो दिन सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको बताउँदै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए ।

नेपालले नयाँ यात्रा शुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाईसमेत सहज एवं सरल वातावरण बनेको उनको भनाइ थियो । सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै अर्थमन्त्री खतिवडाले लगानी गरी उच्च प्रतिफल हासिल गर्न लगानीकर्तालाई आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org