ताजा समाचार

आईएफसीको एक खर्ब बढी लगानी गर्ने घोषणा

काठमाडौं ।

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा एक अर्ब अमेरिकी डलर बराबारको लगानी गर्ने घोषणा गरेको छ ।

ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको निगमका उपाध्यक्ष पिटर लेन्क्सले लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा आगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाइएको बताए ।

उनले नेपालमा लगानीका लागि आईएफसीले कुन्जुस्याइँ नगर्ने भन्दै त्यसका लागि निजी क्षेत्र पनि तयार हुनुपर्ने बताए ।

चार वर्षमा गरिने यो लगानीले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आईएफसीको आँकलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org