ताजा समाचार

झापाका सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा जाँदै

काठमाडाैं । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्लामा जाने भएका छन् ।

गएराति आएको हावाहुरीका कारण बारा पर्सा लगायतका जिल्लामा मानविय क्षति हुनुका साथै ठुलो धनजनको क्षति भएपछि प्रधानमन्त्री ओलीले सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमनत्री ओली हेलिकप्टर मार्फत चन्द्रगढिबाट ११ बजे बारा जान लागेका हुन् । झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

हावाहुरीका कारण ३१ जनाले ज्यान गुमाइसकेका छन भने थुप्रै घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org