ताजा समाचार

उद्योगमन्त्री यादवले निकाले लगानी सम्मेलनमा नयाँ अंग्रेजी ‘इदर एण्ड दिदर’

काठमाडाैं । उद्योगमन्त्री मातृका यादवको अंग्रेजी भाषणले चर्चा पाउदै गएको छ ।

लगानी सम्मेलनको अवसरमा मन्त्री यादवले गरेको अंग्रेजी सम्मेलनको भाषणलाई लिएर यतिबेला खिसिटिउरी समेत हुन थालेको छ ।

सरकारी अधिकारीले तयार पारेको ड्राफ्ट पढ्दा यादवले मिस्टेक गरेपछि पछाडी बसेका अधिकारीहरु हाँसिरहेका थिए ।

यद्यपी मन्त्री यादवलाई जबरजस्ती अंग्रेजीमा भाषण गर्न लगाउनु सरकारी कर्मचारीको बदनियत रहेको टिप्पणी हुन थालेको छ । मन्त्री यादवको पक्षमा बोल्दै केहिले अंग्रेजी भाषा मात्र भएको र ज्ञान नभएको भन्दै कडा टिप्पणी समेत गरेका छन् ।

धाै धाै अंग्रेजी भाषण पढेका यादवले आइदरलाई ‘इदर’ भन्दै दिदर समेत थपेपछि पछाडी बसेका अधिकारीले हाशोको फोहोरा नै निकालेको सुनिन्छ ।

यद्यपी मन्त्री यावदले भाषण पढ्दै गर्दा दर्शक दिर्घा तिर हेरेर बोल्न खोज्दा आफै मुस्काउदै अक्क न बक्क भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org