ताजा समाचार

एन आई सी एशिया र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भयो

काठमाडौं ।

एन आई सी एशिया बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

एन आई सी एशियाले मुलुकभर रहेका २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org