ताजा समाचार

देउवा भन्छन्ः विशेष महाधिवेशन बोलाएर देखाउनुस्, म सामना गर्न तयार छु

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुट्टै भेला गरेका जिल्ला सभापतिलाई विषेश महाधिवेसन बोलाउन चुनाैति दिएका छन् ।

पार्टीमा असन्तुष्टि जनाउदै छुट्टै भेलाको आयोजना गर्दै ५५ जिल्लाका सभापतिले देउवालाई चुनाैति दिएपछि कड्किदै देउवाले यस्तो चुनाैति दिएका हुन् । नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् ।

विराटनगरमा पत्रकारसँग बोल्दै देउवाले भने, २०/२५ जनाले विषेश महाधिवेसशन बोलाएर हुन्छ ? सक्छन भने बोलाएर देखाउन, म त्यसको सामना गर्न तयार छु । यसमा थप्दै उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’

सभापति देउवाले बाहिर आएएजस्तो जिल्ला सभापतिहरु विषेश महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरेका छन् । पार्टीको महाधिवेशन आउन लागेकाले केहि विरोधिहरुले चलाएको हल्लाको संज्ञा दिदै देउवाले यस्ता गतिविधि बन्द गर्न समेत चेतावनी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org