ताजा समाचार

प्रभु बैंकले थाल्यो रुकुम पूर्वमै पहिलोपटक एटिएम सेवा

रुकुम पूर्व । प्रभु बैंक शाखा कार्यालय रुकुम पूर्वले जिल्लामै पहिलो पटक एटिएम सेवा सुरु गरेको छ ।

रुकुम पूर्वमा बैकिङ सेवा उपलब्ध भएपनि चेक साट्नुको विकल्प नभएको खण्डमा एटिएम सेवा सुरु थालिएको शाखा प्रबन्धक भानु गाैतमले जनाए ।

जनताको सेवालाई ध्यानमा राखेर एटिएम सेवा संचालनमा ल्याएको गाैतमले जानकारी दिएका छन् । बैकिङ समयमा मात्रै कारोबार हुने अवस्थाको अन्त्य गर्दै जिल्लामा पहिलो पटक एटिएम सेवा सुरु भएको हो ।

विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org