ताजा समाचार

कर्णालीका तीन जिल्लामा दंगा प्रहरी, चाैकीमा प्रहरी संख्या थपिने !

काठमाडाैं । सुरक्षा चुनाैति थपिएको भन्दै कर्णालीका हरेक प्रहरी चाैकीमा सात जना भन्दा बढि प्रहरी सहित दंगा प्रहरी राखिने भएको छ ।

विप्लव नेतृत्वको नेकपाले चाैकी आक्रमण गर्नसक्ने निष्कर्ष निकाल्दै कर्णालीका तीन जिल्ला सुरक्षा प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीका तीन जिल्लाका सुरक्षा प्रमुखहरूको चौरजहारीमा सम्पन्न भएको छ ।

विप्लवका गतिबिधिलाई नियन्त्रण गर्ने सरकारी नीति अनुसार यस्तो रणनीति अपनाउनु परेको अधिकारीहरुले जनाएका छन् । रुकुम पश्चिमको चौरजहारीमा जाजरकोट, पश्चिम रुकुम र सल्यानका सुरक्षा प्रमुखहरुले बैठक बसेर नयाँ रणनीति अपनाउने निर्णय गरेका हुन्।

विप्लवले पश्चिम रुकुम, सल्यान र जाजारकोटमा चाैकि आक्रमण गर्नसक्ने भन्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा नेपाली सेना, शसस्त्र, प्रहरि र राष्ट्रिय अनुसन्धान ब्युरोको टिमसहित स्थानिय प्रशासनका प्रमुखहरुको संयुक्त बेठक सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले लुम्बिनी भ्वाइससँग कुराकानी गर्दै भने, दरबन्दी अनुसारको प्रहरी संख्या माग गरेका छाैं । कर्णालीका यी तिन जिल्लाको प्रहरी तालिम केन्द्र स्थापनार्थ चाैरजहारीमा तालिम केन्द्र माग गर्ने र दंगा प्रहरी बोलाउने बारे निर्णय भएको छ । चाैरजहारीमा दंगा प्रहरी आइसकेको छ । बाँकी कुरा सुरक्षा स्थितिमा नेपाल मै अहिलेसम्म शान्तिपूर्ण स्थिति रहेको जिल्ला मध्ये यो जिल्ला पर्छ ।

विप्लवका गतिबिधिलाई सुक्ष्म ढंगले अध्ययन गर्दै हिंसात्मक गतिबिधिलाई निस्तेज पार्न यस्तो तयारी थालेको बैठकमा सहभागी अधिकारहरुले जनाएका छन् । बैठकमा उपस्थित जाजारकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सुरक्षा सतर्कता अपनाउनुको विकल्प नरहेको जनाएका छन् ।

सुरक्षाकर्मीको संख्या बढाएपछि उनीहरु‍को मनोबल बढ्ने र आइपर्ने खतरालाई सामना गर्न समेत सहज हुने भएकाले प्रहरी थप्ने निर्णय गर्नु परेको उने जनाए ।

सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएपछि तेश्रो दर्जाका नेता तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित अन्य सयाैं नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । तर, विप्लवले भने चैत्र मसान्तसम्मको समयसिमा दिएर प्रतिबन्ध फिर्ता नलिए सरकारमाथि प्रतिबन्ध लगाउने भन्दै विज्ञप्ति निकाली सकेका छन् ।यता सरकारले समेत चैत्र मसान्तसम्म हतियार बुझाउन आएमा कहाँ बाट ल्याको भनेर नसोध्ने भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा अभिव्यक्ति दिदै आएका छन् ।

बैठकले आन्दोलन र संघर्षका नाममा सडक बन्द गर्नेमाथि बल प्रयोग गरेर त्यस्ता काम निषेध गर्नेसमेत निर्णय गरेको छ। बैठकले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि लक्षित गर्दै तीन जिल्लाका सुरक्षा निकायबीचमा सूचना आदानप्रदान, सवारी साधनको आपसी प्रयोग तथा अन्य सहकार्य गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org