ताजा समाचार

पाथीभरा मन्दिर दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा १७ घाइते, पाँचको अवस्था गम्भीर !

काठमाडौ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

घाइते १७ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागी झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

उनका अनुसार मन्दिर दर्शन पछि फर्कदै गरेका बाराको निजगढका तीर्थालु सवार मे १ ज १४८६ नम्बरकाे गाडी सुकेटार बजार भन्दा केहि परको स्थानमा दुर्घटनामा परेको थियो ।

गम्भीरमध्ये ५४ वर्षीया मोतिमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य,४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीयन लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org