ताजा समाचार

कृष्ण केसीको विप्लवलाई खुल्लापत्र- क्रान्ति गर्नुस विशेष शुभकामना कमरेड

कमरेड नेत्र विक्रम चन्दजी अभिवादन,

कमरेडलाइ खुला पत्र किन लेख्दै छु ? सरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कूलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छुइन् । मैले हजुर मार्फत नेपालका सबै कम्युनिष्ट नेताहरूलाइ खाली पुर्नस्मरण गराउन खाेजेकाे के हाे भने क्रान्ति अनाैठाे चीज रहेछ, जसले नेपालका सम्पूर्ण कम्युनिष्टहरूलाइ सधैं रनभूल्ल पारि दिएकाे छ ।

कति राेचक र खाेज मुलक छ, नेपालमा क्रियाशील मुख्य कम्युनिष्ट नेताहरूकाे राजनीतिक कहानीः कमरेड माेहन विक्रम सिंहले जीवन भरि एक्लै क्रान्ति गर्दै हुनु हुन्छ, कमरेड नारायणमान विजुक्छे राेहितजीले समाजवाद मैले मात्रै ल्याउछु भन्दै हुनु हुन्छ, कमरेड सिपी मैनाली, ऋषि कटेल, गाेपाल किरांती, विश्वभक्त दुलाल, माेहन बैध किरणहरूले छुट्टा छुट्टै पार्टी खाेलेर अपुराे क्रान्ति मैले पुरा गर्छु भनेर दावी गदै हुनु हुन्छ, कमरेड प्रचण्ड र केपी दुबैले एउटै स्वरमा समाजवाद हामीले ल्याउछाैं भनेर उत्घाेष गर्नु भएकाे छ, तपाइ (कमरेड नेत्र विक्रम चन्द) ले त झन समाजवादी क्रान्ति अरू कसैले गर्न सक्दैनन्, मैले गर्छु भनेर विद्राेहकाे विकुल फूक्नु भएकाे छ । नेपाली राजनीतिमा याे भन्दा राेचक र खाेजमुलक कुरा अरू कुन हाेला ?

कस्ताे अचम्म अहिले सम्म अस्तित्वमा रहेका नेपालका प्रत्येक कम्युनिष्टहरूले समाजवाद, साम्यवाद ल्याउछाै भनेर एक्ला एक्लै खुला संकल्प गरेका छन् । तर विश्वका सबै देशमा फैलिएका कम्युनिष्टहरू संसार बदल्नका लागि किन एकजुट हुन सकिरहेका छैनन् ? साेभियत संघ किन टुक्रियाे ? साेभियत संघमा समाजवाद किन टिकेन ? पूर्वी युराेपमा किन प्रतिक्रान्ति भयाे ? चीनकाे क्रान्ति किन अन्य देशमा फैलिएन ? अहिलेकाे वैज्ञानिक युगमा कम्युनिष्टहरू संसार बदल्न कसरी अघि बढनु पर्छ ? यी राजनीतिक वैचारिक प्रश्नहरूकाे चित्त बुझ्दाे सही जवाफ खाेजी गर्न नेपालका कम्युनिष्ट नेताहरूलाइ कस्ले राेकेकाे, केले छेकेकाे छ ?

सुन्दै अचम्म लाग्ने नेपालमा पटकपटक कम्युनिष्टहरू टुटेफूटेकाे, कम्युनिष्टहरूले कम्युनिष्टहरूका विरूद्द विषवमन गरेकाे, कम्युनिष्टहरूले कम्युनिष्टहरूलाइ दमन गरेकाे वा कम्युनिष्टहरूले कम्युनिष्टहरूकाे प्रतिराेध गरेकाे अनाैठा इतिहास नेपालमा पुनः दाेहाेरिएकाे छ । याे सामान्य कुरा हाेइन, लाखाैं कराेडाैं जनताकाे क्रान्तिकारी व्यवहार नै सत्यताकाे कसी हाे, नेपाली जनताले कम्युनिष्टहरूकाे झगडा र फूट पटक्कै रूचाएका छैनन् । यसबारेमा हजुरले के साेच्नु भएकाे छ ? मैले यसै सन्दर्भमा यप पत्रमा चारवटा कुरा अघि सारेकाे छु ।

१. मानवजातिकाे समस्त विकासक्रमद्दारा सिर्जित सबभन्दा उन्नत समाज विज्ञान माक्र्सवादकाे गुदी कुरा नबुझिकन कम्युनिष्ट बन्न सकिदैन् । माक्र्सवाद सही र वैज्ञानिक किन छ भने याे कुनै व्यक्तिकाे मनाेगत चिन्तनकाे उपज नभएर विज्ञानका सबै शाखाहरूकाे संस्लेषण गरेर निकालिएकाे निश्कर्ष हाे । त्यसैले माक्र्सवाद विज्ञानहरूकाे विज्ञान हाे, संसार बदल्ने एक मात्र वैज्ञानिक तथा क्रान्तिकारी विश्व दृष्टिकाेण र क्रान्तिकाे सैद्दान्तिक हतियार हाे ।

२. व्यक्तिगत सम्पति र वर्गहरूकाे उदय हुन अघिकाे वर्ग बिहिन प्राचिन साम्यवाद बाहेक सम्पूर्ण समाजकाे इतिहास वर्ग संघर्षकाे इतिहास हाे र वर्ग संघर्ष नै समाजकाे मुख्य चालक शक्ति हाे भन्ने कुरा अहिलेसम्मकाे अनुभवहरूले सिद्द गरिसकेकाे छ । क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी सिद्दान्त अनिवार्य हुन्छ, क्रान्तिकारी सिद्दान्त, सुदृढ संगठन, जनताकाे प्रतक्ष सहभागिता बिना क्रान्ति सम्पन्न हुन सक्दैन् । अन्ततः जनता नै इतिहासका निर्माता हुन्, जनताले जहिले पनि सत्य र न्यायकाे पक्षमा निर्णय गर्छन् । कुनै पनि देशकाे क्रान्तिकाे बाटाे कुनै अर्काे देशकाे यान्त्रिक नक्कल गरेर निर्धारण हुन सक्दैन् । विश्वकाे इतिहासबाट सिकेर नेपालमा नेपाली माेडेलकाे समाजवादी क्रान्ति विकास गर्नु पर्छ

३. निरन्तर क्रान्तिमा अघि बढनका लागि पहिलाे कुरा संसार गतिशीलछ, संसार बदल्न सकिन्छ भन्ने कुरामा दृढ हुनु पर्छ । दाेश्राे कुरा चाहे व्यक्तिगत जीवनमा हाेस् वा पारिवारिक जीवनमा, सामाजिक जीवनमा हाेस् वा राष्ट्रिय जीवनमा, परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्न जरूरी छ ।
तेश्राे कुरा संगठित र संघर्षशील शक्तिद्दार राज्य प्रणाली बदल्न सम्भव छ भन्ने कुरामा स्पष्ट हुनै पर्छ ।

४. संसारलाइ बुझ्ने, व्याख्या गर्ने र बदल्ने कार्य सबैभन्दा जटिल हुन्छ । अवलाेकन, परिक्षण र प्रयाेगद्दार एकचाेटी सही प्रमाणित कुनै सिद्दान्त सधैंका लागि सही हुन्छ भन्ने छैन् । त्यसैले कम्युनिष्टहरूले कुनै पनि वैज्ञानिक सिद्दान्त सर्वकालिक, अकाट्य र अवरिवर्तनीय हुन्छ भनेर दावी गर्न सकिदैन् । कम्युनिष्टहरूले समाज विज्ञानकाे रूपमा विकसित माक्सर्सवादलाइ धर्म ग्रन्थ, संसार बदल्ने चेतनाका सम्वाहक एवम् समाज विज्ञानका जननी कार्लमाक्र्सलाइ धर्म गुरू जस्तै मानिदैन् । कम्युनिष्टहरूकाे चिन्तन, चरित्र, कम्युनिष्ट पार्टीकाे नेतृत्व, नीति, संगठन र पद्दति अचुक र अपरिवर्तनीय हुन्छ भन्ने कुरामा विश्वास राख्न सकिदैन् । कम्युनिष्टहरू सबभन्दा उन्नत अन्तर्राष्ट्रिय जाति भएकाेले यथार्थवादी र व्यवहारिक बनेर समाजवाद, साम्यवादकाे बारेमा सुझबुझकासाथ स्वतन्त्रतापूर्वक सिर्जनात्मक किसिमले चिन्तन, मनन गर्नु जरूरी छ । मानव समाजकाे विकासक्रम एउटा सिधा रेखामा नभएर चक्रिय रूपमा फैलिन्छ । यसबारेमा नेपालका सबै कम्युनिष्ट नेताहरू जिम्मेवार बनेर अघि बढाैं । सचेत र संगठित कम्युनिष्टहरूले वैज्ञानिक युगकाे उन्नत बुद्दि, शक्ति, कला, विधि र प्रविधिकाे प्रयाेगद्दार संसारका सबै समस्याहरू हल गर्न सकिन्छ ।

५. राजनीतिकाे अर्थ कसरी बुझ्ने ? राजनीतिलाइ पुरानाे अर्थमा बुझ्ने कि कम्युनिष्टहरू जुटेर राज्य सञ्चालन गर्ने सबभन्दा वैज्ञानिक र लाेकतान्त्रिक विधि विकास गर्ने ? राजनीति सिधा र सरल खेल नभएकाेले विचार र नेतृत्व, नीति र विधि रातारात विकास हुन् । कम्युनिष्ट पार्टी भनेकाे नै विपरितकाे एकता हाे, कुनै नेताकाे चाहाना अनुसार कम्युनिष्ट पार्टी चल्दैन, संगठित सबैमा पार्टीकाे संस्थागत निर्णय लागु हुन्छ । दार्सनिक, सैद्दान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक सवालहरूमा गुणात्मक विकास नगरी सुखै छैन्, युगकाे माग अनुसार नविन र उन्नत विज्ञान, प्रविधिकाे प्रयाेग बिना तिव्र विकास र समृद्दि सम्भव छैन् । क्रान्तिकाे पुर्नरवृति हुन्न, विकास गर्नु पर्छ । कम्युनिष्ट पार्टी र यसमा संगठित नेताहरूले जनताकाे जनजीवन छुने राजनीतिक कार्य गर्न छाडे भने कम्युनिष्ट पार्टी नै खाक्राे हुन्छ । याे कुरा सबै नेताहरूले राम्ररी बुझेका छन् ।

६. यदी राजनीतिलाइ फाेहाेरी खेल सम्झेर सिंहदरवारमा छिरेका केही कम्युनिष्ट नेताहरूले राज्य सत्ता दुरूपयाेग गर्ने, त्यसै गरी राष्ट्र र जनताकाे पक्षमा उभिएकाे दावी गर्दै केही कम्युनिष्ट नेताहरूले सडकमा उत्रेर वा पुन जङ्गलमा फर्किएर राजनीतिक अधिकार दुरूपयाेग गर्ने हाे भने नेपाल राष्ट्र पुन चरम संकटमा धकेलिन्छ, नेपाली जनता फेरि अधिकार विहिन नागरिक बन्न बाध्ये हुन्छन् प्रतिगामी, प्रश्चगामी शक्ति र विदेशी प्रभूहरूले नेपालमा पुनः राज गर्ने छन् । अहिले याे कुरा मनाेगत तर्क जस्तै लागे पनि नेपालमा क्रियाशिल साना ठूला हरेक कम्युनिष्ट पाटीभित्र नानथरीका लाेभीपापीहरू, छदमभेषी विभिन्न कुत्वहरू भ्रम फैलाउन र धमिलाे पानीमा माछा मार्न निकै सक्रिय रहेका छन् । नेपालकाे राजनीतिक रङमञ्चमा षडयन्त्रले भरिएकाे नाैलाे खेल नेपालमा फेरि सरू भएकाे छ । यसबारेमा सबै सबै सजक बनाैं ।

७. हाे, जनताले जरैदेखि उखेलेर नेपाली धर्तिबाट मिल्काएकाे राजतन्त्र अब पुर्नस्थापना हुनै सक्दैन् । पूर्वराजा, पूर्वपञ्चहरूकाे अन्ध राष्ट्रवादकाे गणतन्त्रिक नेपालमा कामै छैन् । नेपाली कांग्रेसकाे बुढाे प्रजातन्त्र युगकाे माग अनुसार अब नेपालमा चल्न सक्दैन । कम्युनिष्टहरूकाे पुरानाे जनवादकाे खासै महत्व छैन् । कांग्रेस, कम्युनिष्ट र पञ्चहरू स्खलित भएर रातरात च्याउ झैं उर्मिएका अन्य झुत्रे पार्टीहरूकाे नेपाली राजनीतिमा कुनै अर्थ छैन् । फुटेका कम्युनिष्टहरू नजुटीकन छिटाे समाजवादमा पुग्न सम्भव छैन्, कम्युनिष्टहरूका विरूद्द कम्युनिष्टहरू लडनु भनेकाे सामाजिक अपराध हाे, अब नेपालका सम्पूर्ण कम्युनिष्टहरूले लाजघिन नकानीकन गल्ति सच्चाउनै पर्छ, जनतासित क्षमा मागेर फूटेका कम्युनिष्टहरू जुटनै पर्छ ।

अन्त्यमा, म यति भन्छुः कमरेड नेत्र विक्रम चन्दजी, बत्तिस लक्ष्यणले सुसम्पन्न काेही पनि हुन सक्दैन, म वास्तविक त्रुटी केलाउनेलाइ गुरू मान्छु , राजनीतिज्ञहरूका वास्ताविक पथ प्रदर्शक जनता हुन भन्ने मान्यता राख्छु, हजुरले छुट्टै पार्टी खाेल्नु भएकाे छ, विद्राेहकाे उद्घाेस गर्नु भएकाे छ, छिटाे क्रान्ति गर्छु भन्नु भएकाे छ, सफल बन्नाेस, मेराे विशेष शुभकामना छ….

उही कृष्ण के.सी.

लेखक केसीको फेसबुक वालवाट !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org