ताजा समाचार

राष्ट्रपति भण्डारीबाट व्यावसायीक क्षेत्रका व्यक्तित्व सम्मानित,हेर्नुहोस क–कसले पाए राष्ट्रिय सम्मान

काठमाडाैँ । उद्योग व्यवसाय क्षेत्रका १५ जना व्यक्तलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक वितरण गरेकी छन्।

सरकारले संविधान दिवसको अवसर पारेर गत वर्ष घोषणा गरेको पदकहरु नयाँ वर्षको दिन राष्ट्रपति कार्यालयबाट वितरण गरिएको हो।

सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवाश्री तृतीय प्रदान गरिएको छ। प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन, सीएनआईका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, आईएमई ग्रुपका हेमराज ढकाल, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा र नेपाल चेम्बर फ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ललाई पनि सुप्रबल जनसेवाश्री तृतीय दिइएको छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीलाइ प्रबल जनसेवाश्री चतुर्थ प्रदान गरिएको छ।

त्यस्तै होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्य, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि प्रबल जनसेवाश्री चतुर्थ प्रदान गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org