ताजा समाचार

चाैधरी ग्रुपको उद्योग कम्पाउण्ड (सिजि इन्डस्ट्रियल पार्क) मा शक्तिशाली बम विस्फोट

काठमाडाैं । नवलपरासीस्थित चाैधरी ग्रुपको उद्योग कम्पाउण्ड (सिजी इन्डस्ट्रियल पार्क)मा शक्तिशाली बम विस्फोट भएको छ ।

अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको हो ।

नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कसले पड्काएको हो भन्ने कुराको एकीन जानकारी आइनसकेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, बोलतमा बारुद भरेर उद्योग भित्र फालिएको रहेछ । बोलत पड्केर ठूलो आवाज आएपनि उद्योगमा कुने क्षति भएको छैन् ।

यद्यपी बम विस्फोट प्रतिबन्धित नेकपाले गरेको हुन सक्ने आशंका गरिएको सुरक्षा अधिकराीले जनाएका छन् । विप्लव नेतृत्वको नेकपाले भोली बिहिबार ५ गते नेपाल बन्दको आयोजना गरेको छ भने, बन्द सफल पार्नका लागि त्रास फैलाउन बम विस्फोटन गराइएको हुन सक्ने अधिकारीहरुको ठहर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org