ताजा समाचार

कतै आगजनी कतै बम विस्फोट, देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीमा परेको छैन् । तर, राजधानी बाहिर भने राम्रै असर परेको देखिन्छ ।

देशका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । बम तथा शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् ।

राजधानीको नजिकै काभ्रेको पनाैति-०७, खोपासी जाने बाटोमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । तर, उक्त वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारिसकेको छ ।

पाल्पामा बम विस्फोट भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । भने भवनमा क्षति समेत भएको छ ।

रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा समेत शंकास्पद वस्तु फेला परेको जनाइएको छ । यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

यस्तै, बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

मकवानपुरमा आगजनी

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।

कैलालीका बिभिन्न स्थानमा पनि बमजस्तो शंकास्पद बस्तु भेटिएको छ । बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org