ताजा समाचार

कमरेडलाई रोल्पा असुरक्षितः थवाङबाट लिबाङ फर्किदा हेलिकप्टरमा उर्जामन्त्री पुन

काठमाडाैं । रोल्पाको थबाङ पुगेका उर्जामन्त्री बवर्षमान पुन हेलिकप्टर मार्फत लिबाङ फर्किएका छन् ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बन्दको आयोजना गरेपछि मन्त्री पुन सडकमार्गबाट त्यहाँ पुगेपनि फर्किने क्रममा हेलिकप्टर मगाएर रोल्पा कै सदरमुकाम लिबाङ फर्केका हुन् ।

सडकमार्गको प्रयोग गरेर रोल्पा पुगेका मन्त्री पुन विप्लवको बन्दका कारण हेलिकप्टरमा लिवाङ फर्केका हुन् । जलजला क्षेत्रलाई ‘पर्यटकीय स्थल’ घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम फर्केका हुन् ।

विप्लव नेतृत्वको नेकपाले थवाङमा नाराबाजीसहित राँको जुलुस निकालेर बन्द सफल पार्न आह्वान गरेका थिए । भने, बिहान देखि नै प्रहरीले थबाङका घरहरुमा खानतलासी गरेको स्थानीय रणवीर बुढा मगरले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org