ताजा समाचार

स्वस्तिका लिङ्देन लिम्बुका आफन्त भन्छन्, छोरीको हत्या आर्मी मेजरका छोरा आशिशले नै गरेका हुन् ! (भिडियोसहित)

काठमाडाैं । नेपालगञ्जमा १९ वर्षीया स्वस्तिका लिङ्देन लिम्बूको रहस्यमयी तरिकाले हत्या भएको भन्दै मृतकका आफन्तले दोषी उपर कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

६ महिना अघि नेपालगञ्ज कै भृकुटी चोकका मुकेश बुढा क्षेत्री (आशिश)सँग प्रेम विवाह गरेकी लिम्बुले आत्महत्या गरेको दाबी गर्दै आशिशको परिवारले जनाउदै आएको छ । तर, उनको शरिरमा भएका निलडाम तथा झुण्डिएको भन्ने कुरामा कुनै तथ्य नमिलेको भन्दै मािति पक्षका मानिसहरुले विलाैना गर्न थालेका छन् ।

नेकपाका संघिय सांसद् नन्दलाल रोकायाका नाति समेत रहेका आशिशले सलको पासो लगाएर हत्या गरेको दाबी गर्दै आएका छन् ।

मृतक लिम्बुको मािति परिवारले अस्पतालमा डाक्टर समेत भेट्न नसकेपछि लिम्बुको लास बुझ्न बाध्य भएको जनाएका छन् । माइति पक्षका अनुसार लिम्बुकलो हत्या भएको दाबी गरेका छन् । सामान्यतया तराईमा अत्यधिक गर्मी हुने हुनाले घर बनाउदा अग्लो गरेर बनाइने गरिन्छ । घटनाको प्रकृति हेर्दा लिम्बुले पासो लगाउदा कुनै टेबुल या अन्य किसिमका केहि वस्तुको आड लगाउन पर्नेमा त्यस्तो केहि नदेखिएपछि शंकाको घेरामा आशिश परेका हुन् ।

आशिशका बुबा नेपाली सैनिकका मेजर समेत रहेको लिम्बुका बुबाले भनेका छन् । मृतक लिम्बुका बुबाले भने, म सिपाही हुँदा उ आर्मीको नायक थियो । म हवल्दा छु । उ मेजर हो उदयपुरको घाइघाटमा दरबन्दी भएकाले त्यतै कार्यरत छ । आफैले फोन गरेर जिल्ला प्रशासन कार्यालयमा आउन आग्र गर्दा समेत आउछु भनेर ढाँटेको दाबी गरेका छन् ।

पुजा फिल्मसका लागि कुशलव केसीले तयार पारेको स्थलगत रिपोर्टिङको भिडियो हेर्नुहोस्ः 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org