ताजा समाचार

डडेल्धुरा बस दुर्घटनामा ६ जनाको मृत्यु, २५ घाइते

डडेल्धुरा । भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बस दुर्घटना भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । मृतककाे सनाखत हुन सकेको छैन । २५ जनाभन्दा बढी घाइते भएका छन् ।

बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थलबाट जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जोशीले जनाएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org